राप्रपाले बुझायो महानगरले गरेको एक लाख जरिवाना
मेरोन्यूज
२०८१ फागुन २६ गते १३:४४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना बुझाएको छ । सोमबार दिउँसो राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीलगायतले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।
आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भएको प्रदर्शनका क्रममा फोहोर गरेको तथा भौतिक क्षति पुर्याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिवाना गरेको थियो ।
महानगरका नगर प्रहरी निरीक्षक धर्मराज भण्डारीले राप्रपा जरिवाना बुझाएको जानकारी दिएका छन् ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया