गाउँका सडक विस्तार भएपछि घरसम्मै गाडीको सुविधा

दाङ । दाङको घोराही उपमहानगरपालिका–६ का गाउँबस्तीका सडक विस्तार हुँदा स्थानीयलाई सुविधा भएको छ । चैनपुर– अघरा सडक वर्षौदेखि ‘ग्राभेल’ मात्र थियोे । अहिले पक्की नालासहितको सडक विस्तारले गाउँलेलाई हिँड्डुल गर्न सजिलो भएको हो ।
सो सडकमा पक्की नाला र सडक विस्तार सकिएको छ । घोराही उपमहानगरपालिका–६ अघराका रमा घर्ती घोराही बजार पुग्न आधा घण्टा पैदल हिँडेपछि मात्र गाडी भेट्ने ठाउँमा पुग्थिन् । अहिले गाउँको सडक नालीसहित विस्तार भएपछि घरमै अटोरिक्सा आउने गरेको उनले बताइन् । स्थानीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै गाउँलाई सडक सञ्जालमार्फत जोड्ने काम तीव्र रुपमा अघि बढाएका कारण सहज भएको उनले बताइन् ।
सडक विस्तार भएसँगै गाउँघरको जीवनशैलीमा परिवर्तन आएको उनको भनाइ छ । गाउँघरमा उत्पादन भएका कृषिजन्य उत्पादन सजिलै सहरसम्म पु–याउन सकिने र आम्दानी गर्न सकिने उनले बताइन् । अघरा–जजरागाउँ सडकमा पक्की नाला निर्माण र सडक विस्तार सकिएको छ । सडक सञ्जालको विस्तारले शिक्षा र स्वास्थ्यमा सकारात्मक प्रभाव पारेको स्थानीय चन्द्रीका शर्मा बताउँछिन् । वर्षामा हिलो र हिउँदमा धुलो उड्ने भएकाले बालबालिकालाई विद्यालय पुग्न असजिलो थियो । हाल सडक बिस्तार भएसँगै सबैलाई सजिलो भएको उनले बताइन् । गाउँमा सञ्चार, विद्युत्, खानेपानीका धारा घरघरमा पुगेका छन् ।
घोराही उपमहानगरपालिका–६ का अध्यक्ष विष्णुराम आचार्यले वडाभित्र सडक नपुगेका स्थानमा नयाँ ट्रयाक खोल्ने र भएका सडकमा स्तरोन्नति गरिरहेको बताए । स्थानीय सरकारले स्थानीयस्तरमा आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । त्यसैगरी आव २०७९/८० मा १० किमि र आव २०८०/८१ मा १८ दशमलव ८० किमि सडक कालोपत्रे भएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।
उनका अनुसार सात वर्षमा कूल दुई सय १७ दशमलव २५ किमि सडकको ग्राभेल तथा स्तरोन्नति गरिएको छ । त्यसैगरी एक सय ६८ किलोमिटर नयाँ सडकको ट्रयाक खोल्ने काम गरिएको छ । उपमहानगरपालिकाले ७ मिटरका सडकहरुमा नालासहित कालोपत्रे गरिरहेको र नालासहित कालोपत्रे गर्दा ढल निकासमा सहयोग पुग्ने चौधरीले बताए ।
















अस्पताल सेवा सुधार कार्यविधि २०८२ जारी
युरोपियन युनियनद्वारा अवैध इजरायली विस्तारको निन्दा
इरानसँगको वार्ताका लागि जेडी भान्स आइपुगे पाकिस्तान
कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो
अध्यागमन विभागले भन्यो: वैदेशिक रोजगारीमा जाँदा थप बिल/रसिद बुझाउनु पर्दैन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रतिक्रिया