प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य

भैरहवा (रुपन्देही)। भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दिपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो ।
ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए । सुरुदेखि बलियो देखिएको मधेसलाई हरिशंकर साहले राम्रै साथ दिए । प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दिपेस दासले थप रन जोडे ।
पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दिपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे ।
बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २/२ विकेट र फिरदोस अन्सारी तथा दिपेस कँडेलले १ विकेट लिए ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया