पूर्वराजाको उक्साहटबाट संविधानविपरीतका काम भए : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् ।
उनले भने- ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रि गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधानविरोधी गतिविधिहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थिति रहेको छ ।’
साथै, राजावादीहरुको विरोध प्रदर्शनमा भारतका उत्तर देशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिएको स्मरण गराउँदै उनले यसलाई राष्ट हितविपरीतको कामको संज्ञा दिदै कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।
लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताउदै बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रबाट फेरि पनि हुकम प्रमाङ्गी चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए ।
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ
टोखामा बिस्केट जात्रा अगामी वैशाख १ देखि ४ गतेसम्म मनाइने
यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया