पूर्वाञ्चल विश्वविद्यालयका ८ हजार १५० विद्यार्थी दीक्षित
मेरोन्यूज
२०८१ फागुन २७ गते १६:३४

विराटनगर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज पूर्वाञ्चल विश्वविद्यालयको १३औँ दीक्षान्त समारोह सम्पन्न भएको छ ।
दीक्षान्त समारोहमा आठ हजार १५० विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा कला संकायका २०४, कानुनका ४०७, शिक्षाशास्त्र संकायका ९०६, व्यवस्थापन संकायका दुई हजार २४९, चिकित्साशास्त्र संकायका दुई हजार १९८, विज्ञान तथा प्रविधि संकायका ६५४ तथा इन्जिनियरिङ संकायका एक हजार ४४२ विद्यार्थी रहेका छन् ।
प्रधानमन्त्री ओली दीक्षान्त समारोहका कार्यक्रम सकेर अहिले कोशी प्रदेशसभामा सम्बोधन गरिरहेका छन् ।
सम्बन्धित











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया