अर्थसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ । आज अर्थ समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।
अर्थ समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।यस्तै, विधायन व्यवस्थापन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथि दफावार छलफल हुनेछ ।
यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा भवन) पुनर्निर्माणको प्रगतिको अवस्थाका बारेमा छलफल हुनेछ । छलफलका लागि शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकलाई आमन्त्रण गरिएको छ ।











कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
बैदेशिक राेजगारीमा पठाइदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
गृहमन्त्री अर्याल सुर्खेतमा
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया