आइतबार, वैशाख २८, २०८२

सरकारको उपस्थिति नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटलाई स्थगित

मेरोन्यूज २०८१ फागुन २८ गते १२:०५

काठमाडौं। प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बैठक सुरु हुँदा सरकारका कुनै पनि मन्त्रीहरू उपस्थित नभएपछि बैठक १५ मिनेटका लागि स्थगित भएको हो ।

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको आरोप लगाउदै मन्त्रीहरूको उपस्थिति नभएको सभामुखलाई ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् । 

प्रतिक्रिया