पीएम कप: सुदूरपश्चिममाथि आर्मीको सहज जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।
सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए । सन्तोषले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन् । उनले पहिलो खेलमा बागमतीविरुद्ध ७६ रन बनाएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि निश्चल बोहोराले ४९ रन बनाएका थिए । त्यस्तै आर्मीका बलर शहाब आलमले ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिएका थिए ।
यो जितपछि आर्मीको २ खेलमा ४ अंक भएको छ भने सुदूरपश्चिमको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया