पीएम कपमा कोशी प्रदेशको लगातार तेस्रो हार

काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ३६.२ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३३ रन बनाए भने अंकित सुबेदीले २१ र शकिब हकले १७ रन बनाएका थिए ।
त्यस्तै पुलिस क्लबका करण केसीले ३ विकेट लिए भने ललित राजबंशी र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१, अर्जुन साउद र रशिद खानले ३८-३८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ र गुलशन झाले २१ रन बनाएका थिए । त्यसैगरी कोशीका बलर भुपाल लुइँटेलले ३ विकेट लिए भने प्रकाश कार्कीले २ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको २ खेलमा ४ अंक भएको छ भने कोशी प्रदेशले लगातार तेस्रो खेल हारेको छ ।
















नेकोस जुडोमा पाम र एमएमएसी टिम च्याम्पियन
मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया