पीएम कपमा कोशी प्रदेशको लगातार तेस्रो हार

काठमाडौं । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई १५४ रनले पराजित गरेको छ । पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको कोशी प्रदेशले ३६.२ ओभरमा अल आउट हुदै १३४ रन मात्र बनाएको थियो ।
कोशीका लागि सुजन थपलियाले सर्बाधिक ३३ रन बनाए भने अंकित सुबेदीले २१ र शकिब हकले १७ रन बनाएका थिए ।
त्यस्तै पुलिस क्लबका करण केसीले ३ विकेट लिए भने ललित राजबंशी र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो । पुलिसका लागि कुशल भुर्तेलले ६५, दिलिप नाथले ६१, अर्जुन साउद र रशिद खानले ३८-३८ रन बनाएका थिए । त्यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले ३२ र गुलशन झाले २१ रन बनाएका थिए । त्यसैगरी कोशीका बलर भुपाल लुइँटेलले ३ विकेट लिए भने प्रकाश कार्कीले २ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको २ खेलमा ४ अंक भएको छ भने कोशी प्रदेशले लगातार तेस्रो खेल हारेको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया