विराट गोल्ड कपको उपाधि थ्री स्टारलाई
मेरोन्यूज
२०८१ फागुन २९ गते ७:२६

मोरङ ।विराट गोल्ड कप फुटबलको उपाधि ललितपुरको थ्री स्टार क्लबले जितेको छ ।
बुधबार साँझ विराटनगरको शहीद रङ्गशालामा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–० गोलले हराउँदै थ्री स्टारले उपाधि जितेको हो ।विराट गोल्ड कप ट्रष्टद्वारा आयोजित रात्रिकालीन प्रतियोगितामा थ्री स्टारका खेमराज श्रेष्ठ र दीपेश घलेले एक–एक गोल गरेका थिए ।
प्रतियोगिताको विजेता टोली थ्री स्टारले नगद ११ लाख र उपविजेता चर्च ब्वाइज युनाइटेडले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे ।थ्री स्टारका खेलाडी खेमराज ‘बेस्ट प्लेयर अफ टुर्नामेन्ट’ घोषित भई ५१ हजार रुपैयाँ प्राप्त गरे । सोही टोलीका क्याप्टेन एकराज बुढाथोकीलाई ‘म्यान अफ प्लेयर’ वापत ११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतियोगितामा भारतका दुई र नेपालका विभागीयसहित १० वटा टोली सहभागी थिए ।
सम्बन्धित
















‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
ट्राफिक प्रहरीद्वारा काठमाडौँमा पछिल्लो २४ घण्टामा २३ लाख २० हजार राजस्व सङ्कलन
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
इरानले मशाद विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने
इटालीलाई नेपालले दियाे ११३ रनकाे लक्ष्य
प्रतिक्रिया