पीएम कप: मधेश प्रदेशमाथि एपीएफको २ विकेटको रोमाञ्चक जित

काठमाडौँ । जारी पीएम कपमा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । विहिबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई २ विकेटले पराजित गरेको हो ।
मधेश प्रदेशले दिएको केअब्ल १६९ रनको लक्ष्य पछाएको एपीएफले ३६.५ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
एपीएफको जितमा सुमित महर्जनले सर्बाधिक ३५ रन बनाएका थिए भने आसिफ सेखले ३४, कमल सिंह ऐरीले अविजित २८, लोकेश बमले १८ र अमर राउटेलाले १६ रन बनाएका थिए । त्यस्तै मधेशका बलर कमला गुप्ताले ४ विकेट लिएका थिए भने प्रदिप पासवानले २ विकेट लिएका थिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको मधेश प्रदेशले ४०.४ ओभरमा अल आउट हुदै १६८ रन मात्र बनाएको थियो ।
मधेशका लागि पवन सराफले ७७ रन बनाएका थिए । पवनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक बनाएका थिए । उनले यसअघि कोशी प्रदेशविरुद्ध ९२ रन बनाएका थिए । त्यस्तै एपीएफका बलर कमल सिंह ऐरीले ४ विकेट लिएका थिए भने कप्तान रोहित पौडेल र भुवन कार्कीले २-२ विकेट लिएका थिए ।
यो जितपछि एपीएफको २ खेलमा दुवै जितसहित ४ अंक भएको छ भने मधेश प्रदेशको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया