आइतबार, वैशाख २७, २०८३

समाजवादी मोर्चाको बैठक जारी

मेरोन्यूज २०८१ फागुन ३० गते ९:३९

काठमाडौं  । समाजवादी मोर्चाको बैठक जारी रहेको छ । नेकपा एसको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा विरोधसभाको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ ।

Advertisement
NiccNicc

बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अनुपस्थित रहेका छन् । बैठकमा माओवादीको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ सहभागी छन्। एकीकृत समाजवादीबाट वरिष्ठ नेता प्रमेश हमाल, महासचिव घनश्याम भुसाल सहभागी छन्। यस्तै नेकपाको तर्फबाट महासचिव नेत्रविक्रम चन्द सहभागी छन्।   

मोर्चाले चैत २ गते बिहान बौद्धिक वर्गसँग अन्तर्क्रिया गर्ने बताएको छ भने यसअघि चैत ९ गते जनकपुरमा गर्ने भनिएको विरोधसभा स्थगित भएको थियो ।

फागुन २७ गते बसेको मोर्चाको बैठकले केपी ओली नेतृत्वको गठबन्धन सरकारका कारण सडकमा राजावादी शक्तिहरू सलबलाएको निष्कर्ष निकाल्दै प्रतिगामी शक्तिलाई केन्द्रबाट चुनौती दिन चैत्र १५ गते काठमाडौँमा विरोधसभा गर्ने विपक्षी नेताहरुले बताएका थिए ।

प्रतिक्रिया