शुक्रबार, फागुन १, २०८२

विद्यार्थीका समस्या समाधान गर्न प्याकेजसहित नेविसंघ स्ववियु निर्वाचनमा सक्रिय

मेरोन्यूज २०८१ फागुन ३० गते २०:०७

काठमाडौँ, । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विद्यार्थीहरूको समस्याहरू समाधान गर्न केन्द्रित ‘SPARK Movement’प्याकेजसहित निर्वाचनमा सहभागी हुने घोषणा गरेको छ।

Advertisement
nepal life insurencenepal life insurence

आज यहाँ पत्रकार सम्मेलन गर्दै नेविसंघले विद्यार्थी जीवनसँग सम्बन्धित समस्याहरूको समाधान र नीतिगत सुधारका निम्ति कार्ययोजनाहरू सार्वजनिक गर्दै स्ववियु निर्वाचनमा सहभागि हुने घोषणा गरेको नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

नेविसंघले विद्यार्थीहरूको भावना र विचारलाई समेट्न व्यापक रूपमा सुझाव संकलन गरी प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गर्ने लक्ष्य राखेको छ। ‘SPARK Movement’ प्याकेजमार्फत विद्यार्थीहरूको समस्याहरूको समाधान र नीतिगत सुधारका निम्ति कार्ययोजनाहरू प्रस्तुत गर्दै नेविसंघ स्ववियु निर्वाचनमा सहभागी भएको हो।

प्राविधिक शिक्षा, राष्ट्रिय उपलब्धि अध्ययन, भूगोल विशेष विद्यार्थी समन्वय, सुझाव संकलन, त्रिवि सुधार सम्बन्धी नीतिगत अध्ययन, कानुन संकाय समन्वय, मिडिया समन्वय, विज्ञान तथा प्रविधि समन्वय, त्रिभुवन विश्वविद्यालय समन्वय, प्रविधि व्यवस्थापन, चिकित्सा शिक्षा समन्वय, व्यवस्थापन तथा अर्थशास्त्र अध्ययन, कला संस्कृति तथा साहित्य, र उद्यमशीलता विकास अध्ययन रहेका छन्।

नेविसंघले सवै क्याम्पसमा आफ्नो उम्मेदवारी दर्ता गरेर अन्तिम तयारीमा लागेको प्रवक्ता सेजुवालले जानकारी दिए । उनका अनुसार नेविसंघले सवै क्याम्पसमा केन्द्रीय स्तरका नेतालाई चुनावमा खटाएको छ ।

स्ववियु निर्वाचन २०७८ चैत्र ५ गते सम्पन्न हुने तय भएको छ। नेविसंघले आफ्नो घोषणापत्रमार्फत विद्यार्थीहरूको समस्याहरूको समाधानमा केन्द्रित रही निर्वाचनमा प्रभावकारी र वैचारिक उपस्थिति सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

प्रतिक्रिया