राष्ट्रसंघका महासचिव गुटेरेस बंगलादेशमा, रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा बसोबास गर्ने १० लाखभन्दा बढी रोहिंग्या शरणार्थीहरूको अवस्थाको समीक्षा गरेका छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार विहिबार बंगलादेश पुगेका गुटेरेसले बंगलादेशको कोक्स बजारको भ्रमण गरेका छन् छन्, जहाँ रोहिंग्या शरणार्थी शिविरहरू छन् ।
त्यसपछि सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुससँग भेट गरेका गुटेरेसले सरकारलाई धन्यवाद दिदै लेखेका छन्- ‘देश नयाँ परिवर्तनहरूबाट गुज्रिरहेको बेला, सबैका लागि दिगो र उज्ज्वल भविष्य निर्माण गर्न संयुक्त राष्ट्र संघमा तपाईं भर पर्न सक्नुहुन्छ ।’
विश्व खाद्य कार्यक्रम र अन्य संस्थाहरूले सहायतामा सम्भावित कटौतीको घोषणा गरेपछि, विशेष गरी युएसएडले आफ्नो सञ्चालन बन्द गरेपछि उनको भ्रमणले महत्व राख्ने बताइएको छ ।
यसैबीच, बंगलादेशको अन्तरिम सरकारले गुटेरेसको यो भ्रमणले रोहिंग्या शरणार्थीहरूको लागि सहायता सङ्कलन गर्न विश्वभर भइरहेका प्रयासहरूलाई थप सहयोग मिल्ने र उनीहरूको समस्यातर्फ विश्वको ध्यान आकर्षित गर्नेछ ।











ज्याला उठाउनै मुस्किल भएपछि गलैँचा बुन्न छाड्दै महिला
रमेश लेखक आयोगमा बयान दिन जाने
जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया