पीएम कपमा पुलिस क्लबको लगातार चौथो जित

काठमाडौँ । जारी पीएम कप अन्तर्गत नेपाल पुलिस क्लबले लगातार चौथो जित हासिल गरेको छ । शनिबार देउखुरी क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रनले पराजित गरेको हो ।
पुलिस क्लबले दिएको २८९ रनको लक्ष्य पछाएको मधेश प्रदेशले २६.१ ओभरमा अल ओत हुदै ९५ रन बनाएको थियो ।
मधेशका लागि दिपेश दासले सर्बाधिक ३१ रन बनाए भने रुपेश सिंहले १६ रन बनाएका थिए । त्यस्तै पुलिस क्लबका ललित राजबंशीले ५ विकेट लिएका थिए भने कुशल भुर्तेलले २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ४९.५ ओभरमा अल आउट हुदै २८८ रन बनाएको थियो । पुलिस क्लबका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३६ बलमा ६३ रन बनाएका थिए भने आरिफ सेखले ५५ रन बनाए । त्यस्तै अर्जुन साउदले ४७ र दिलिप नाथले ४५ रन बनाएका थिए । त्यस्तै मधेश प्रदेशका बलर रुपेश सिंहले ४ विकेट लिए भने बिशाल पटेलले ३ विकेट लिएका थिए ।
यो जितपछि पुलिस क्लबको ४ खेलमा ८ अंक भएको छ र पुलिस अपराजित रहेको छ । त्यस्तै मधेश प्रदेशको भने यो दोस्रो हार हो । मधेशको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।











जेनजी आन्दोलनको ‘म्याण्डेट’ नभुलौँ : महासचिव चन्द
बालेनलाई भेट्न पुगे बाबुराम भट्टराई
राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि
हामीसँग बयान लिन खोज्नु गैरकानुनी : ओली
निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया