शुक्रबार, फागुन १, २०८२

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा

मेरोन्यूज २०८१ चैत ३ गते १४:३९

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन्। उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।

मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो । पुस्तक अवलोकनपछि उनले भने , ‘यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।’

सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरे ।

त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए। सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया