सिञ्जा सभ्यतालाई विश्वसम्पदा सूचीमा राख्न अध्ययन गरिँदै

जुम्ला। नेपाली ‘खस’ भाषाको जन्मथलो जुम्लाको सिञ्जा सभ्यतालाई विश्वसम्पदाको सूचीमा राख्नका लागि अध्ययन टोली यहाँ पुगेको छ । केन्द्रीय पुरातत्व विभागको टोली यहाँ पुगेर विश्वसम्पदा सूचीमा राख्न आवश्यक आधारबारे अध्ययन तथा स्थानीयसँग छलफल गरिरहेको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए ।
सिञ्जा सभ्यताको ऐतिहास, वर्तमान र भविष्यका सन्दर्भमा पुरातत्व विभागको टोलीले यहाँका स्थानीयसँग छलफल गरिरहेको छ । उहाँले भन्नुभयो, “विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग नेतृत्वको टोली सिञ्जा उपत्यकामा पुगेर अध्ययन थालेको हो ।” टोलीले यस क्षेत्रको हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालगायत स्थानमा रहेका सभ्यताका बारेमा छलफल थालेको अध्यक्ष धितालको भनाइ छ ।
“सिञ्जा गाउँपालिकामा पुरातत्व विभागको टोली पहिलो पटक जुम्ला आइपुगेको हो”, प्रधानाङ्गले भने, “सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्ने विषयमा यहाँका स्थानीय, स्थानीय सरकार र सरोकार भएका निकायका प्रतिनिधिसँग पहिलो चरणमा छलफल भएको छ ।” सिञ्जालाई विश्वसम्पदा सूची राख्न सबैको सुझाव आएको बताउँदै उनले आधुनिक विकासका नाममा प्राचीन सभ्यता मास्ने कार्य रोक्नुपर्नेमा जोड दिए।
पुरातत्व विभागले मुलुकका १५ वटा नयाँ क्षेत्र विश्वसम्पदा सूचीमा राख्न तयारी थालिरहेको छ । कर्णाली प्रदेशका सिञ्जा सभ्यता र दैलेखको दुल्लुका २२ देवल पनि रहेका छन् । विभागले सिञ्जालाई विश्वसम्पदा सूचीमा समावेश गर्ने काम अघि बढाएको विभागका महानिर्देशक प्रधानाङ्गको भनाइ छ । गाउँपालिकाका उपाध्यक्ष सीतली रोकायाले सिञ्जालाई विश्वसम्पदा सूचीमा राख्न विभागसँग पहल थालिएको बताए ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया