राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

कठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।
बैठक दिउँसो साढे १ बजे केन्द्रीय कार्यालय सिफलमा बस्ने गरी बोलाइएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।बैठकमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमहरूको बारेमा छलफल हुने बताइएको छ ।
बैठकमा हिजो भएको राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठनका विषयमा छलफल हुने बर्तौलाले बताए ।
उक्त समितिमा पार्टी अध्यक्ष कमल थापालाई समेत राखिएको छ । तर आफूलाई कुनै जानकारी नै नदिई समितिमा राखिएको भन्दै थापाले आपत्ति जनाएका छन् । बैठकले उक्त समितिलाई स्वीकार गर्ने वा नगर्ने भन्ने बारेमा निर्णय गर्नेछ ।
सोमबार डिल्लीबजारस्थित भोजन गृहमा आयोजित भेलाले राष्ट्रिय पञ्चायतका पूर्व अध्यक्ष नवराज सुवेदीको नेतृत्वमा गठित समितिमा दुर्गा प्रसाईँ, डा. प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, रमा सिंह, अस्मिता भण्डारी, पशुपतिशमशेर जबरा, केशरबहादुर विष्ट, हरिबहादुर बस्नेत, राजेन्द्र लिङदेन र कमल थापालाई समेत सदस्यका रुपमा राखिएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया