परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ। ‘राइसिना डायलग’मा सहभागी हुने सिलसिलमा नयाँदिल्लीमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मल्दोभाका उपप्रधान एवं विदेशमन्त्री मिहाइ पोपसोइसँग आज भेटवार्ता गरेकी छन्। भारतको विदेश मन्त्रालयले उक्त डाइलग आयोजना गरेको हो ।
भेटका क्रममा नेपाल मल्दोभा सम्बन्ध र आपसी हितका विविध विषयहरुमा कुराकानी भएको परराष्ट्रमन्त्री मन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यस अवसरमा मन्त्री डा राणाले जलवायु परिवर्तनले नेपाललाई नराम्रोसँग असर गरिरहेको जानकारी दिँदै यस समस्यासँग जुध्न कसरी मिलेर काम गर्न सकिन्छ भन्ने बारेमा छलफल गरेका छन् ।
मन्त्री डा राणाले नेपाल सन् २०२६ पछि विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुन लागेको जानकारी दिँदै त्यसपछि नेपाललाई आवश्यक पर्ने बाह् सहयाताका बारेमा परामर्श गरेका छन् । नेपालले राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा दिएको उम्मेदवारीका बारेमा जानकारी दिँदै त्यसमा मल्दोभाको सहयोगका लागि आग्रह पनि गरेकी थिइन् ।
मन्त्री डा राणाले यसै हप्ता हुन लागेको विदेशमन्त्री मिहाइ पोपसोइको नेपाल भ्रमणबाट पनि दुई देशबीचको सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने धारणा राखेका थिए ।


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
प्रतिक्रिया