आइतबार, वैशाख ७, २०८२

रूस र युक्रेनबीच ३७२ युद्धबन्दी आदानप्रदान

मेरोन्यूज २०८१ चैत ५ गते २२:०८

रुस र युक्रेनले सोमबार सयौं युद्धबन्दी आदानप्रदान गरेका छन् । संयुक्त अरब इमिरेट्स (यूएई) को मध्यस्थतामा भएको कैदी आदानप्रदानमा रूस र युक्रेनले ३७२ सैनिक आदानप्रदान गरेको मस्को र कीभले बुधबार बताएका छन् ।

सन् २०२२ को सुरुमा युक्रेनमा रूसी आक्रमण सुरु गरेदेखि कैदी र मारिएका सैनिकहरूको अवशेषको आदानप्रदान युद्धरत देशहरू बीचको सहयोगको एक मात्र क्षेत्र भएको क्रेमलिनले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीचको वार्तापछि क्रेमलिनले मङ्गलबार उक्त आदानप्रदानको घोषणा गरेको हो ।

प्रतिक्रिया