त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह

काठमाडौं। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गरेका छन् ।
रंगशालाको दर्शकदीर्घा निर्माण तथा ‘फ्लड लाइट’ जडानको कार्य निर्धारित समयभित्रै सकेर उदाहरण प्रस्तुत गर्न उनले सम्बद्ध निर्माण व्यवसायीलाई आग्रह गरेका हुन्। “यो प्रधानमन्त्रीसहित नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको र सिगों देशका क्रिकेटप्रेमीले चासो दिएको कार्य हो । त्यसैले देशमा विकास निर्माण आयोजना समयमै सम्पन्न हुन सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्ने गरी लाग्नुहोस्,” उपप्रधानमन्त्री सिंहले भने ।
क्रिकेट मैदानमा उपप्रधानमन्त्री सिंहसँगै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले समेत निर्माण कार्यको निरीक्षण गरेका थिए । गत असार ३१ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकबाट कीर्तिपुरमा अन्तर्राष्ट्रियकरण क्रिकेट रंगशाला बनाउने निर्णय गरिएको थियो । उक्त कार्य सम्पन्न गर्न आगामी वैशाख मसान्तसम्म समयसीमा रहेको छ ।
दर्शकदीर्घा निर्माणका लागि गत फागुन १९ गते ठेक्का लागेको थियो । तीन कम्पनीले प्यारापिट निमार्ण गर्न संयुक्त रूपमा काम पाएका थिए । यस्तै, फ्लडलाइट निर्माणका लागि ‘विसान ईश्वरी जेभी’सँग गत फागुन २२ गते सम्झौता गरी काम थालिएको थियो ।









झापामा तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना : ३० प्रतिशत भौतिक प्रगति
रसुवामा भालुको आक्रमणबाट दुई जना घाइते
‘करेन्ट नुडल्स’ अब ग्रिन इनर्जीबाट बनाइने : यशोदा फुड्स
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
उपत्यकाबाट एमालेको केन्द्रीय सदस्यमा हिमेश केसीको दावी
प्रतिक्रिया