नेप्से निरन्तर ओरालोतिर, २६६९ अंकमा झर्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजार घटेको छ । साताको सुरुवातदेखि नै आरोलो लागेको बजार बिहीबार पनि कायम रह्यो । बजार १२.३८ अंक घटेर बजार मापक २६६९.७६ विन्दुमा कायम छ ।
६२ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको सेयर मूल्य घटेको छ । सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
सूचक घटे पनि दोल्ती पावर, एसियन हाइड्रो, सिन्धु विकास बैंक, गार्डियन माइक्रो फाइनान्स, श्वेत–गंगा हाइड्रो उच्च कमाउने शीर्ष स्थानमा रहे ।
यस्तै, मिथिला लघुवित्त, भूगोल इनर्जी, गरिमा समृद्धि योजना, उपकार लघुवित्त, कुथेली–बुखरी स्मल हाइड्रोलगायत कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।
९५ लाख ९९ हजार ३४३ कित्ता सेयर चार अर्ब ५६ करोड, १३ लाख ११ हजार २८२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । समूहगत उपसूचकतर्फ जीवन बिमा बाहेकका सूचक घटेका छन् । जीवन बिमा ०.०३ प्रतिशतले बढेको छ ।
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया