भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : प्रधानमन्त्री मोदी

काठमाडौं । प्रधानमन्त्री नरेन्द्र मोदीले विश्व जल दिवसको अवसरमा पानी संरक्षण र दिगो विकास प्रवद्र्धन गर्ने भारतको प्रतिबद्धतालाई दोहोर्याएका छन् । शनिबार पानीको महत्वलाई प्रकाश पार्दै प्रधानमन्त्री मोदीले भावी पुस्ताका लागि जल स्रोतको संरक्षण गर्न आग्रहसहित सामाजिक सञ्जाल एक्समा पोस्ट गरेका हुन् ।
यसैबिच, जलशक्ति मन्त्रालय पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालय र हरियाणा सरकारको सहकार्यमा विश्व जल दिवसको अवसरमा शनिबार ‘जल शक्ति अभियान : ‘जलको सञ्चय–२०२५’ सुरु गर्ने तयारी गरेको छ । जलशक्ति मन्त्रालयका अनुसार अभियानले ‘पानी संरक्षणका लागि तीव्र सामुदायिक पहल’माथि जोड दिएको छ ।
अभियानले जलवायु परिवर्तन र बढ्दो जलजन्य चुनौतिको सामना गर्न जल सुरक्षा, वर्षाबाट आउने पानीको सञ्चयलगायतलाई जोड दिएको छ । अभियानले एक सय ४८ जिल्लामा सरकारी निकाय समुदाय तथा हितग्राहीहरूबिच पानीको दिगो व्यवस्थापन गर्ने समन्वयलाई बढावा दिन्छ ।
अभियानको उद्देश्य ‘हरेक थोपा गणना’ को दृष्टिकोणलाई वास्तविकतामा परिणत गर्दै जल संरक्षणका लागि राष्ट्रव्यापी चेतना र कार्यहरू चलाउनु हो । अभियानले नागरिकलाई जलजन्य समस्या समाधानमा सहकार्यको माध्यमबाट भारतको पानीको भविष्य सुरक्षित गर्न आह्वान गरेको छ । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ लाई संयुक्त राष्ट्र सङ्घको नेतृत्वमा वार्षिक रुपमा विश्व जल दिवसका रूपमा मनाउँदै आइएको छ ।











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया