रचना र नागेन्द्रको यती माया गरुँकीमा प्रवीन र समिक्षा

काठमाडौं । गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यती माया गरुँकी तिमीलाई बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार सिएल शर्माका शब्द सृजना रहेको गीतमा गायक श्रेष्ठ स्वयमकै संगीत, याकुब तामाङको एरेन्ज तथा दिनेश न्यौपानेको मिक्सिङ तथा मास्टरिङ रहेको छ।
भिडियोमा मोडलद्धय प्रबिन डिसी र समिक्षा न्यौपानेको अभिनय रहेको छ। भिडियोले एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई देखाएको छ। निर्देशक जश बहादुर याक्ख्याको निर्देशन रहेको भिडियोको छायांकन कालिन्चोकमा गरिएको हो। गायक तथा संगीतकार श्रेष्ठ प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा निकै क्रियाशील सर्जक मानिन्छन्।
उनका आधा दुख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम, लगायतका गीतहरू उनकै अफिसियल च्यानलबाट बजारमा आइसकेका छन्।
सार्वजनिक गीतमा ज्ञानेन्द्र हुमागाई र सन्तोष तिमल्सिनाको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ। सन्तोष रनबाहको कोरियोग्राफी रहेको गीतको भिडियो गायक स्वयमकै अफिसियल च्यानलबाट बजारमा आएको हो।
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
प्रतिक्रिया