युरोपेली नेसन्स कपमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ
पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३-३ गोलको बराबरीमा सकिएको हो। सो खेलको नियमित समय २-२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १-१ गोल भएको थियो।सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका लामिन यमाल दुवैले पनोल्टी खेर फालेका थिए। सडन डेथमा स्पेनका गोलरक्षक युनाइ सिमोनले नेदरल्यान्ड्सका डानियल मेलोनको प्रहार बचाए भने स्पेनका पेड्रीले गोल गरे।
नियमित समयमा माइकल ओयरजबालको दुई गोलमा स्पेनले दुई पटक नै अग्रता लिएको थियो।नेदरल्यान्ड्सका लागि मेम्फिस डेप्लेले पेनाल्टीमा पहिलो गोल गरे भने इयान माटेसेनले ८१ औँ मिनेटमा बराबरी गोल गरे।
अतिरिक्त समयमा यमालले फेरि स्पेनलाई अग्रता दिलाए पनि जाभी सिमोन्सले नेदल्यान्ड्सका लागि गोल गरेका थिए।
















मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
बिक्री हुन थाल्यो तम्घासमा फोहोर
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
प्रतिक्रिया