युरोपेली नेसन्स कपमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन सेमिफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ५-४ ले हराउँदै स्पेन युरोपेली नेसन्स कपको सेमिफाइनलमा प्रवेश गरेको छ
पहिलो लेग २-२ गोलको बराबरीमा सकिएको क्वार्टरफाइनलको दोस्रो लेग पनि ३-३ गोलको बराबरीमा सकिएको हो। सो खेलको नियमित समय २-२ गोलको बराबरीमा सकिएको थियो भने अतिरिक्त समयमा पनि १-१ गोल भएको थियो।सो खेलमा नेदरल्यान्ड्सका स्टार नोहा लाङ तथा स्पेनका लामिन यमाल दुवैले पनोल्टी खेर फालेका थिए। सडन डेथमा स्पेनका गोलरक्षक युनाइ सिमोनले नेदरल्यान्ड्सका डानियल मेलोनको प्रहार बचाए भने स्पेनका पेड्रीले गोल गरे।
नियमित समयमा माइकल ओयरजबालको दुई गोलमा स्पेनले दुई पटक नै अग्रता लिएको थियो।नेदरल्यान्ड्सका लागि मेम्फिस डेप्लेले पेनाल्टीमा पहिलो गोल गरे भने इयान माटेसेनले ८१ औँ मिनेटमा बराबरी गोल गरे।
अतिरिक्त समयमा यमालले फेरि स्पेनलाई अग्रता दिलाए पनि जाभी सिमोन्सले नेदल्यान्ड्सका लागि गोल गरेका थिए।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया