चन्द्रवीरले खनेको त्यो बाटो…

दाङ ।श्रीमतीसँगै छोराहरु पनि दृष्टिविहीन भएपछि आवतजावत गर्नै कठिन भयो। राप्ती लोकमार्ग नजिकै भए पनि त्यही लोकमार्गसम्म पुग्ने बाटो नभएपछि तुलसीपुर उपमहानगरपालिका–३ साततलेका चन्द्रवीर वलीले बूढेसकालमा दुई वर्ष लगाएर बाटो खने।
न त कसैले बाटो खन्न सहयोग गरे, न त कसैले चासो दिए। एक्लै दुई वर्ष लगाएर दुई किलोमिटर बाटो खनेका चन्द्रवीरलाई अहिले भने निकै सहज भएको छ। उनले खनेको गोरेटो बाटोमा तुलसीपुर उपमहानगरपालिकाले सडक नै निर्माण गरिदिएको छ।
वि.सं. २०७३ मा चन्द्रवीरले दुई वर्ष लगाएर खनेको गोरेटोबाटो सडकमा परिणत भएको हो। अहिले गाडी, अटो, मोटरसाइकल त्यही बाटोमा गुड्छन्। त्यहाँबाट खमारी जान त्यही छोटो बाटो प्रयोग हुने गरेको छ।
चन्द्रवीरले दृष्टिविहीन श्रीमती र चार छोराका लागि बाटो खनेका हुन्। ‘श्रीमती पनि आँखा नदेख्ने, छोराहरु पनि आँखा नदेख्ने थिए, बजार जानलाई बाटो थिएन’, उनले भने, ‘श्रीमती र छोरा लड्लान भनेर त्यो बाटो खनेको थिएँ, अहिले यही बाटोमा गाडी चल्ने भए।’
उनका पाँच छोरा र एक छोरी थिए। एउटा छोरा र छोरीको सानैमा मृत्यु भयो। अहिले भएका चारमध्ये कान्छो छोराले मात्रै आँखा देख्छन्, अन्य तीन छोराले आँखा देख्दैनन्।
अहिले उनका जेठा छोरा काठमाडौंमा दोहोरी साँझमा काम गर्छन भने माइलाले तुलसीपुर बजारमा गीत गाएर आम्दानी गर्छन्। कान्छो छोरा काठमाडौँमै छन्, उनले पनि दृष्टिविहीनलाई बाटो देखाउने काम गर्छन्। चन्द्रवीरका लागि अहिले घरैमा कसैकसैले सहयोग दिन्छन् । त्यही सहयोगबाट उनको दैनिकी चलेको छ। “कहिले मास्टर आउनुहुन्छ, कहिले इञ्जिनियर आउनुहुन्छ”, उनले भने, “यसरी नै आउने सबैले चामल, दाल ल्याइदिनुहुन्छ, हाम्रो जीवन यसरी चलेको छ।










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया