बुवाआमा बने कमल र मेलिना

काठमाडौं । सांगीतिक जोडी कमल खत्री र मेलिना मैनाली बुवाआमा बनेका छन्। आइतबार गायिका मैनालीले छोरालाई जन्म दिएकी हुन।
पुत्रलाभ भएपछि गायक खत्रीले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खुसी व्यक्त गरेका छन्।
उनले लेखेका छन्, ‘आज जीवनको सबैभन्दा अविस्मरणीय दिन मध्ये एक बनेको छ। पहिलो पटक बाबु-आमा बन्न पाउँदा जुन खुशी अनुभूति गरिरहेको छु, त्यो शब्दमा व्यक्त गर्न गाह्रो छ। मेरो परिवारमा न्यानो उज्यालो लिएर आएको मेरो सानो राजकुमारलाई स्वागत छ! यस विशेष अवसरमा, सम्पूर्ण अस्पतालको डाक्टर, नर्स र सम्पूर्ण स्वास्थ्यकर्मीलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु जसले यो यात्रालाई सुरक्षित र सहज बनाउनु भयो। साथै, मेरो परिवार, आफन्तजन र साथीभाइलाई पनि मनदेखि नै आभार व्यक्त गर्न चाहन्छु जसले माया, आशीर्वाद, र हौसला दिनु भयो। तपाईं सबैको मायाले मेरो परिवार अझ पूर्ण भएको महसुस भएको छ। भगवानको कृपाले मेरो सानो बाबु स्वस्थ, सुखी, र सफल होस् भन्ने कामना गर्छु।’
कमल र मेलिनाले २०७९ मा विवाह गरेका थिए।
















वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
दीपक भट्ट र सुलभ अग्रवाललाई ७ दिन म्याद थप
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट
प्रतिक्रिया