नेपाली बजारमा भित्रियाे रिडारा आरडी ६

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्सले चाइनिज कम्पनी जिल्ली अटो ग्रुपद्वारा निर्मित ‘फोर व्हिल ड्राइभ पिकअक’ रिडारा आरडी ६ नेपाली बजारमा भित्र्याएको छ ।
सोमबार हात्तीवन रिसोर्टमा एक कार्यक्रमका बीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेपालको जस्तो विविध भू-भागलाई ध्यानमा राखि यो गाडीमा डिजाइन गरिएको छ ।
सातवटा ड्राइभिङ मोडहरू बालुवा, हिलो, अफ-रोड , पानी , इकोनोमी र स्पोर्ट रहेको यो पिकअप एसयूभीमा २२५ मिमीको ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको दाबी छ ।
७३ किलोवाटको ब्याट्री क्षमतासहित ४२४ किलोमिटर मापदण्ड रहेको याे पिकअपमा ६ वटा एयरब्याग रहेका छन् । यो गाडीमा ८१५ मिमी सम्म वाटर प्रुफ सेन्सर रहेको छ ।

गाडीमा रहेका यी मोडहरूले विभिन्न सडक अवस्थाहरूमा उत्कृष्ट नियन्त्रण र अनुकूलन पिकअप क्षमता सुनिश्चित गर्दछ । अति उकालो बाटोमा सुरक्षाका लागि यसमा उन्नत ५४०-डिग्री सराउन्ड भ्यू क्यामेरा पनि समावेश गरिएको छ ।
सीजी मोटर्सको नेपालभर हाल २२ सर्भिस सेन्टर र २५० चार्जिङ स्टेसन स्टेसन रहेको छ । जसले ग्राहकहरुलाई उच्चतम सुविधा दिँदै आएको कम्पनीको भनाइ छ ।
रिडारा आरडी सिक्स (Riddara RD 6 Four Wheel Drive pickup) मा आई प्रविधि समावेश गरिएको छ । जसले अफरोडमा ४ वटा चक्कामा आवश्यकताअनुसार थ्रस्ट उत्पादन गर्नेछ ।
यो गाडीको मूल्य हाल सनरुफ बिना ७९ लाख ९९ हजार, सर रुफसहित ८१ लाख ९९ हजार र मल्टी फक्सनको ८२ लाख ९९ हजार रहेको कम्पनीले जनाएकाे छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया