सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न विश्व स्वास्थ्य सङ्गठनको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो ।
विज्ञप्तिअनुसार सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजार जनाको मृत्यु भएको तथा परिवार र समुदायमा यस रोगको प्रभाव बढ्दै गएको बताएको छ ।
पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओको क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताएका छन् । उनले भने, “जोखिममा रहेका व्यक्तिले समयमै, रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको छ ।
डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिन्छन् र हावाको माध्यमबाट अन्य मानिसमा योसर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएता पनि अझै पनि सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् ।

















प्रहरी मुख्यालयमा ‘एआई सेल’ स्थापना
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
वीरगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
कांग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि–२०८२ पारित
रुसको बैकाल तालकाे हिउँमा बस डुब्दा सात चिनियाँ पर्यटकको मृत्यु
मौसम पूर्वानुमान: आज यी चार प्रदेशमा वर्षाको सम्भावना
आज फागुन ९ गते शनिबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल
दाङमा एमालेको झण्डा जलाएको विरोधमा काठमाडौँमा मसाल जुलुस
प्रतिक्रिया