शनिबार, वैशाख २६, २०८३

गभर्नर नियुक्तिका लागि तीन सदस्यीय समिति गठन

मेरोन्यूज २०८१ चैत १० गते २२:०३

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति सिफारिसका लागि तीन सदस्यीय समिति गठन गरेको छ।

Advertisement
NiccNicc

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्ति सिफारिसका लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेल सदस्य रहेका छन्।

प्रतिक्रिया