आइतबार, वैशाख ७, २०८२

हुन्डाईको क्रेटा ईभी नेपालमा लञ्च, मूल्य ५१ लाख ९६ हजार

मेरोन्यूज २०८१ चैत १० गते २२:४८

काठमाडौं । हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक भएको छ ।

हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार क्रेटा ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो कारको टप भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको छ ।

हुन्डाईको क्रेटा ईभी दुई ब्याट्री प्याकको अप्सनमा उपलब्ध छ । जसमा ४२ किलोवाटआवरको ब्याट्री प्याक अप्सनले ३९० किलोमिटर र ५१.४ किलोवाटआवरको ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्ज दिन्छ ।

४२ किलोवाटआवरको ब्याट्रीसँग १०० किलोवाटको मोटर छ भने, ५१.४ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको गाडीमा १२६ किलोवाटको मोटर छ ।

गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। यसले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।

क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्ने कम्पनीको दाबी छ ।

११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ।

गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।

६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।

गाडीबाहिर सुरक्षा एवं सहजताका लागि राखिएका सुविधामा एलईडी टर्न इन्डिकेटर, एक्टिभ एयर फ्ल्याप, हेलोजन प्रोजेक्सन हेडल्याम्प, एलईडी सिक्वैन्सियल इडिन्केटर छ ।

यस्तै, पडल ल्याम्पविथ एच लोगो प्रोजेक्सन, एलईडी एमआरएफ हेड ल्याम्प, एलईडी डीआरएलएस र एलईडी टेल ल्याम्प जस्ता सुविधा गाडीको एक्सटेरियरमा छन् ।

लक्ष्मी कन्टिनेन्टलले पेट्रोलबाट चल्ने क्रेटा १० हजार युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । क्रेटा ईभी पनि लोकप्रियताका साथ बिक्री हुने कम्पनीको विश्वास छ ।

प्रतिक्रिया