मन्त्रालय र महानगरबीच सहकार्य : अब वीर अस्पतालमा यी क्यान्सरको निःशुल्क परीक्षण

काठमाडौं । स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका निम्ति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ ।
अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ । यससम्बन्धमा मंगलबार काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए । उनले रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतनाका निम्ति यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि काठमाडौं महानगरप्रति आभार प्रकट गरे ।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरूको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन् ।
निर्देशक डा. दिलीप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ ।











निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
नेपालमा पार्टी पनि विदेशीले बनाइदिन थाले : राजेन्द्र लिङ्देन
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया