अहिले नै जनताले ८४ गर्ने जस्तो स्थिति भइसक्यो : गोकुल बाँस्कोटा
मेरोन्यूज
२०८१ चैत ११ गते २१:३६

काठमाडौं । नेकपा एमालेका सांसद गोकुलप्रसाद बाँस्कोटाले अरनीको राजमार्गअन्तर्गतको ४ किलोमिटर सडक बनाउन नसक्दा जनताको आलोचना व्यहोर्नु परिरहेको बताएका छन् ।
मंगलवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले निर्वाचनलाई लक्षित गरेर २०८४ भन्ने गरिएको भए पनि जनताले अहिले नै चौरासी गर्न लागिसके भन्दै व्यङ्ग्य गरे ।
उनले जसलाई जहाँ दुखेको छ त्यहीँबाट आफ्ना कुराहरू शुरु हुने र आफूले उठाएको कुराले मन्त्रीको चित्त दुखेको भन्दै सडक नबन्दा जनताको चित्त दुखेको बताए । केरुङ नाका नखुल्दासम्म अरनीको राजमार्ग एउटा मात्रै चीन जोड्ने माध्यम भएकाले समयमै निर्माण गर्न उनको आग्रह छ ।
सांसद बाँस्कोटाले अरनीको राजमार्गको ४ किलोमिटर बाटो ४ वर्षसम्म किन बनेन भनेर कहिल्यै मन्त्रालयमा समीक्षा भएन भन्दै प्रश्न समेत गरे ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया