शनिबार, वैशाख २६, २०८३

नरैनापुर आगलागीबाट ५० लाखको क्षति

मेरोन्यूज २०८१ चैत १२ गते १३:४६

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा भएको आगलागीबाट ५० लाख रुपैयाँबराबरको क्षति भएको छ ।

Advertisement
NiccNicc

जिल्ला प्रहरी कार्यालय, बाँकेका निमित्त सूचना अधिकारी तथा प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, घरमा प्रयोग भएको काठलगायतका सामान जलेर नष्ट भएका छन् । नरैनापुर– ४ जयरामपुर्वामा मंगलबार आगलागीबाट १७ घरगोठ जलेर नष्ट भएका थिए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पीडित आफन्तको घरमा आश्रय लिएर बसेको जानकारी दिँदै उनीहरूलाई बस्नका लागि प्रबन्ध गर्न लागिएको जानकारी दिए। हरेक वर्ष हिउँदका वेला नरैनापुरका विभिन्न ठाउँमा आगलागीका घटना हुने गरेका छन् ।

प्रतिक्रिया