प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन :मन्त्री सिंह

काभ्रेपलाञ्चोक। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डग्मगाउन दिन नहुने बताएका छन् । आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताएका हुन् ।
“सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उनले भने । उनले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्री सिंहले ‘स्मार्ट सिटी’को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताए । बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरु बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी)ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिए । रासस










५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
यू–१९ एसिया कप : नेपालले अफगानिस्तानलाई दियो १२५ रनको लक्ष्य
काठमाडौँ-७ बाट कांग्रेसका १९ उम्मेदवार सिफारिस
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया