प्राप्त अधिकारलाई डगमगाउन दिनु हुँदैन :मन्त्री सिंह

काभ्रेपलाञ्चोक। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमार्फत प्राप्त अधिकारलाई डग्मगाउन दिन नहुने बताएका छन् । आज बनेपा नगरपालिकाको ४४औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले कसैले भाषण गरेकै भरमा जनताको अधिकार खुम्च्याउन नहुने बताएका हुन् ।
“सङ्घीय लोकतान्त्रिक–गणतन्त्रात्मक संविधान कार्यान्वयन तथा अभ्यासका क्रममा केही कमीकमजोरी देखापरे यसका विधि परिवर्तन गर्न सकिन्छ, कसैले भाषण गरेकै भरमा व्यवस्था डगमगाउन दिन हुँदैन”, उनले भने । उनले संविधान संशोधन गर्नुपरे सबै पक्षसँग छलफल गरेर अघि बढ्ने बताए ।
मन्त्री सिंहले ‘स्मार्ट सिटी’को प्रसङ्गमा नेपालको सन्दर्भमा कस्तो बनाउने भन्नेबारे ‘ग्लोबल रिजनल र इन्टरनेशनल’ अभ्यासका सूचकबारे बुझेर अघि बढ्ने बताए । बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकका तीन नगरपालिकाहरु बनेपा, पनौती र धुलिखेलमा सञ्चालित खानेपानी आयोजना पुनर्निर्माणका विषयमा एशियाली विकास बैंक (एडिबी)ले चासो दिएको र सो विषयमा मन्त्रालयले ताकेता गरी छिटो निर्माण अघि बढाइने मन्त्री सिंहले जानकारी दिए । रासस
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया