आइतबार, चैत ८, २०८२

आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन कमजाेर हुँदा लखनउको शानदार जित

मेरोन्यूज २०८१ चैत १४ गते ७:४१

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ । सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो । टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।यो सनसनीपूर्ण जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ। पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो। यो सिजनमा हैदरावादको पहिलो हार हो। उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो । पहिलो खेलमा २८७ रनको पारी खेलेको हैदरावाद दोस्रो खेलमा १९० रनमा समेटिएको हो ।

हैदरावादविरुद्धको जितमा लखनउका निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। २६ बल खेलेका उनले ६ चौका र ६ छक्का हिर्काए । ओपनर मिचेल मार्शले ३१ बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गर्दै ५२ रन जोडे । कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा डेभिड मिलर १३ र अब्दुल समाद २२ रन नटआउट रहे ।

प्रतिक्रिया