बाहुबली एक्टर प्रभास बिबाह बन्धनमा बाँधिदै, सुरू भयो बिबाहको तयारी

हैदाराबाद । साउथ सिनेमाका चर्चित अभिनेता प्रभासले आफ्नो उत्कृष्ट अभिनयले सबैको मन जितेका छन् । प्रभासले पनि आफ्नो अभिनयबाट करोडौं युवतीको मन जितेका छन् ।
तर, तपाईका लागि ल्याएको खबरले लाखौं केटीहरूको मन तोड्न सक्छ। प्रभास अब दुल्हा राजाको रूपमा घोडा चढ्न तयार भएका छन् । एक व्यापारीकी छोरीसँग उनको सम्बन्ध फाइनल भएको खबर आएको छ ।
प्रभास ४५ वर्षको उमेरमा दुलहा बन्न लागेका हुन् । उनका फ्यानहरु लामो समयदेखि अभिनेताको विवाहको प्रतिक्षामा थिए, अब फ्यानहरुको प्रतिक्षाको घडी समाप्त हुन लागेको छ । प्रभासले बाहुबलीको ‘देवसेना’ अनुष्का शेट्टीसँग ७ फेरा लगाउने छन, त्यस्तो होइन, बरु उनी एक व्यापारीको ज्वाइँ बन्न लागेका छन् ।
न्यूज १८ तेलुगुको रिपोर्ट अनुसार प्रभासको परिवारले सुपरस्टारका लागि दुलही फेला पारेको हो । यद्यपी ती युवती को हुन् र के गर्छिन् ? भन्ने बारेमा भने खुलाइएको छैन । बालिकाका बुबा हैदराबादका ठूला व्यापारी हुन्। हाल प्रभासको विवाहको महत्वपूर्ण विवरण गोप्य राखिएको छ ।
प्रभासले छिट्टै व्यापारीकी छोरीसँग विवाह गर्ने खबर पनि छ । परिवारले विवाहको तयारी सुरु गरेको बताइएको छ । श्यामला देवी (प्रभासकी काकी) विवाहको सम्पुर्ण तयारी हेर्दैछिन् । तर, यी बाहेक अन्य कुनै पनि ठूलो जानकारी बाहिर आएको छैन्।
प्रभास सन् २०२४ मा आएको फिल्म ‘कल्की २८९८ एडी’ वाट थप चर्चामा थिए। फिल्ममा अमिताभ बच्चन, कमल हासन र दीपिका पादुकोणजस्ता दिग्गज कलाकारहरू पनि थिए। यो फिल्मले ११ सय करोडभन्दा बढी कमाई गरेर ब्लकबस्टर साबित भएको थियो ।
अहिले प्रभास ‘द राजा साब’ र ‘फौजी’ फिल्ममा व्यस्त रहेका छन् । ‘एनिमल’ र ‘कबीर सिंह’ जस्ता ब्लकबस्टर फिल्म बनाएका निर्देशक सन्दीप रेड्डीको फिल्म ‘स्पिरिट’को छायांकन पनि प्रभासले चाँडै सुरु गर्न लागेको खबर आइसकेको छ ।
तर अहिलेका लागि प्रभासले ‘कन्नप्पा’ मार्फत फ्यानलाई चकित पार्न लागेका छन् । २५ अप्रिलमा रिलिज हुने अभिनेता विष्णु मन्चुको यो फिल्ममा प्रभास क्यामियो गर्दै देखिने छन् ।
यसैबिच, उनको बिबाहको तयारी पनि साथसाथै भइरहेको समाचारले फ्यानहरू प्रभासले बल्ल जोडी भेटेको भन्दै खुसी भइरहेका छन् ।
















दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
काठमाडौंका पूर्वसीडीओ रिजाललाई हाजिरी जमानीमा छाड्न आदेश
श्रीलङ्कामा भ्रष्टाचार नियन्त्रणमा प्रविधिको प्रयोग
कांग्रेसले निर्वाचन समीक्षाका लागि सातै प्रदेशमा तोक्यो प्रतिनिधि
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
प्रतिक्रिया