तीनकुनेमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छः रवीन्द्र मिश्र
मेरोन्यूज
२०८१ चैत १४ गते १७:३९

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले शुक्रबार तीनकुने क्षेत्रमा भएको जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत राजसंस्था पक्षधरको आन्दोलन नरोकिने बताएका छन्। साथै उनले निजी सम्पत्तिमा आक्रमण नगर्न आग्रह गरेका छन्।
उनले भने, ‘आन्दोलन रोकिएको छैन। सम्पूर्ण जनधन क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ। कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न विनम्र अनुरोध गर्दछु।’
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया