आइतबार, वैशाख २७, २०८३

विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

मेरोन्यूज २०८१ चैत १४ गते १७:५९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताएका छन् ।

Advertisement
NiccNicc

नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । उनले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिए ।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भने, “हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अघि बढे सफल भइन्छ ।”

सरकारद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन स्पष्ट योजना तथा लक्ष्य पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो । 

प्रतिक्रिया