जडीबुटी कम्पनीमा आगजनी, कर्मचारीले भागेर जोगाए ज्यान
मेरोन्यूज
२०८१ चैत १४ गते १८:०८

काठमाडौं । राजावादी प्रदर्शनकारीले कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी गरेका छन् । ‘सन्चो’ सहितका औषधि बनाउने कम्पनीको कार्यालयमा उनीहरूले आगजनी गरेका हुन् । कार्यालय परिसरमा रहेका ६ वटा भन्दा बढी गाडीहरूमा समेत उनीहरूले आगजनी गरेका छन् ।
कम्पनीकी महाप्रबन्धक उषा रिजालले कार्यालय भवन र गाडीमा आगजनी भएको बताइन् । समयमै दमकल नआए गोदाम र मुख्य भवनमा पनि आगो सल्किने उनले बताइन् । तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यु जारी गरेपछि राजावादी प्रदर्शनकारी जडीबुटी कम्पनीमा आगजनी गर्न पुगेका हुन् ।
आजै तीनकुने क्षेत्रमा समेत प्रदर्शनकारीहरूले घरमा आगजनी गरेका थिए । त्यस्तै कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोरमा समेत उनीहरूले लुटपाट मच्चाएका थिए ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया