गृह मन्त्रालयले भन्यो- यो अमानवीय र लुटपाटको आन्दोलन हो, अब सरकार संयम रहँदैन
मेरोन्यूज
२०८१ चैत १४ गते १८:३९

काठमाडौं । गृह मन्त्रालयले राजावादी आन्दोलन राजनीतिक नभएर विशुद्ध हिंसा, अमानवीय र लुटपाटको लागि गरिएको आन्दोलन भन्दै अब सरकारले संयम नराख्ने प्रस्ट पारेको छ ।
शुक्रबार साँझ गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले कुनै पनि दृष्टिले आजको आन्दोलन राजनीतिक उद्देश्यबाट नरहेको बताए ।
उनले व्यक्तिको सम्पत्ति लुटपाट, आगजनी र विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा आगजनी भएको भन्दै सरकारले फरक रणनीतिका साथ नियन्त्रणमा लिने बताए । राजावादी आन्दोलनमा करिब १० देखि १२ हजार मान्छे सहभागी भएको र उनीहरु दुर्गा प्रसाईंको नेतृत्वमा अराजनीतिक भीड भएको प्रवक्ताले बताए ।
आन्दोलनकारीको आक्रमणबाट १५ सुरक्षाकर्मी घाइते भएको जानकारीसमेत मन्त्रालयले दिएको छ ।
सम्बन्धित
















राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
होलोकास्ट स्मृति दिवस : साठी लाख यहुदीप्रति श्रद्धाञ्जली
बाँकेमा ५२ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै चार महिला
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया