बुधबार, फागुन २७, २०८२

वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

मेरोन्यूज २०८१ चैत १४ गते २०:१३

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले पोखरामा चलिरहेको वाडा अटोशो २०२५ मा सहभागिता जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

पोखरा प्रदर्शनी केन्द्रमा चैत्र १४ देखि प्रारम्भ भएर आगामी चैत्र  १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

१. बीवाईडी डल्फिन – सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्डसेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्सलगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

२. बीवाईडी एट्टो ३ – नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३
नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

३. बीवाईडी एम६ – नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र\प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले
सीमित समयका लागि एक्सक्लुसिभ अफर* समेत ल्याएको छ । सो अफर अन्तर्गत निम्न सुविधा पाउन सकिने छ :
 २० प्रतिशत डाउन पेमेन्ट
 १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी
 १ वर्ष फ्रि इन्स्योरेन्स
 १ वर्ष रोड ट्याक्स कभरेज
 आकर्षक नगद छुट
 फ्रि एसेसरिज
 फ्रि होम चार्जर

*शर्तहरू लागू हुनेछ

पोखराका लागि बीवाईडीको भिजन

नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहनाअनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको छ । वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्नुहुनेछ ।

हरित भविष्यका लागि एक कदम अगाडि

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रुपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्धनका साथै पर्फमेन्स, सेफ्टी र अद्वितीय विश्वसनियता सहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउन प्रतिबद्ध छ ।

इलेक्ट्रिक इनोभेसनको अनुभव लिने र बीवाईडीको एक्सक्लुसिभ वाडा अटो शो अफरको फाइदा लिने अवसरनगुमाउनुहोस् । यसका लागि पोखरा प्रदर्शनी केन्द्रमा रहेको बीवाईडीको स्टल भ्रमण गर्नु हुन सबैमा अनुरोध छ ।

प्रतिक्रिया