समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग

काठमाडौं । समाजवादी प्रेस संगठनले पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।
संगठनका महासचिव रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक र उद्दण्ड समूहले समाचार संम्प्रेषणका लागि फिल्डमा खटिएका कतिपय पत्रकारलाई आक्रमण गरी घाइते बनाएको उल्लेख गरिएको छ ।
तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको घटनामा सिङ्गो संगठन मर्माहत भएको संगठनले बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्य मान्यता विपरित कुनै पनि हर्कत हाम्रो संगठनलाई सह्य हुने छैन । यस्ता हर्कत गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी प्रबन्ध गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ ।’

















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया