बिहीबार, वैशाख १०, २०८३

साहित्यकार राईको कथामा बन्यो चलचित्र ‘जार’

मेरोन्यूज २०८१ चैत १६ गते ९:३३

काठमाडौँ। साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर चलचित्र ‘जार’ निर्माण गरिएको छ । निर्देशक फूर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार नै चलचित्र तयार भएको जानकारी दिए। उनले भने, “हामीले कथा पढ्नुभएका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ ।

Advertisement
NiccNicc

यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ ।” विसं २०८२ वैशाख २६ गते प्रदर्शन हुने उक्त चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायतले अभिनय गरे।

भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको सरवानन इलावार्सुले छायाङ्कन, अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गर्नुभएको छ । ––

प्रतिक्रिया