पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाई कारबाही गर्न प्रेस चौतारीको माग

काठमाडौं । राजावादीहरूको हिंसात्मक आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्यारा पत्ता लगाउन माग गरिएको छ।
प्रेस चौतारी नेपालले पत्रकार रजकको कर्मथलो एभिन्युज टेलिभिजनमा एक शोकसभाका आयोजना गरि पीडित परिवारलाई क्षतिपुर्ति दिन पनि माग गरेको छ ।
कथित राजावादी आन्दोलनको नाममा चैत्र १५ गते काठमाडौंको तीनकुनेमा अराजक जत्थाबाट जिउँदै जलाएर हत्या गरिएका पत्रकार सुरेश रजकको कर्मथलो एभिन्यूज टेलिभजन केन्द्रीय कार्यलयमा प्रेस चौतारी नेपालले आज श्रद्धाञ्जली सभा गरेको छ, अध्यक्ष गणेश पाण्डले जानकारी दिदै भने, रजकका हत्यारालाई तत्काल पहिचान गरी कार्वाही गर्न र परिवारलाई क्षतिपूर्ति दिन प्रेस चौतारीले माग गरेको छ ।
गत चैत १५ गते भएको राजावादी आन्दोलनमा रजक रिपोर्टिङ गर्ने क्रममा जिऊँदै जलाएर हत्या गरिएको थियो। लुटपाटको भिडियो खिचिरहेको बेला अराजक प्रदर्शनकारीले बाहिरवाट ताल्चा लगाएर निस्कदा उनी कोठा भित्र जल्न जाँदा प्राण त्याग गर्नु परेको थियो।
परिवारले अहिलेसम्म उनको शब जिम्मा लिएको छैन् ।













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया