पदक विजेता भेट्रान खेलाडी सम्मानित
मेरोन्यूज
२०८१ चैत १६ गते १८:१३

काठमाडौँ । नेपाल मास्टर्स एथलिट सङ्घले खुला अन्तराष्ट्रिय एथलेटिक्स प्रतियोगिताको विभिन्न उमेर समूहका पदक विजेता भेट्रान खेलाडीलाई आइतबार सम्मान गरेको छ ।
थाइल्यान्डको च्याङराईमा फेब्रुअरी १३ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले एक रजत र दुई कास्य पदक जितेको थियो ।
कृष्णप्रसाद सिग्देलले पुरुष ५५–६० वर्ष उमेर समूहतर्फ लङजम्पमा रजत जितेका थिए । पुरुष ८०–८५ वर्ष समूहको एक हजार ५०० मिटर दौडमा ग्रिवानविक्रम शाह तथा ५५–६० वर्ष उमेर समूहको पाँच हजार मिटर दौडमा सुनिल शाक्यले कास्य जितेका थिए ।
उनीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ र नेपाल मास्टर्स एथलिट सङ्घका अध्यक्ष जिएन दाइ शर्माले प्रशंसापत्रसहित सम्मान गरे ।
सम्बन्धित


















सामसङले सार्वजनिक गर्यो ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ फाइभजी, मूल्य कति ?
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
रोबोटले तोड्यो मानव कीर्तिमान
जयवागेश्वरी मन्दिरको ‘कलेवर’ फेरिँदै
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया