सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

वीरगञ्ज । पर्सामा इस्लाम धर्मावलम्बीहरूले ईद-उल-फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।
वीरगञ्ज महानगरपालिका-२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ ।वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दू र मुस्लिम समुदाय पुर्खौँदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताए। “सदियौँदेखि हिन्दू र मुस्लिम समुदायले एक अर्काको चाडपर्वमा सामेल हुँदै आएका छौँ”, उनले भने, “यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पुर्याउँदै आएको छ ।”
वीरगञ्ज-२ छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । “वीरगञ्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्”, उनले भने ।
वीरगञ्जका मस्जिद तथा ईदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएका छन् । “हामी ईदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ”, मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भने, “आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।”
ईदका दिन मुस्लिम समुदायका बर्तालु बिहानै मस्जिद र ईदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (भगवान)सँग आशीर्वाद लिने गर्दछन् । वीरगञ्जमा ईदगाहचोक, छपकैया, मुली, नगवा, नयका टोलालगायत स्थानमा पुगी नमाज पढेर दुवाअर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै ईदको शुभकामना साटासाट गरेका छन् ।
















कम्युनिष्ट आन्दोलनलाई पुनःगठित गरेर अगाडि बढ्छौँ: महासचिव पोखरेल
इरानी प्रतिनिधिलाई सैन्य पोशाकमा र अमेरिकीलाई सुटमा स्वागत गरे पाकिस्तानी सेना प्रमुखले
सप्तरीमा आगलागी हुँदा एक घर जलेर नष्ट
प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया