ज्ञानेन्द्र शाहमाथि तत्काल कारबाही होस्: माओवादी सांसद् शर्मा
मेरोन्यूज
२०८१ चैत १७ गते १३:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद् रेखा शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन्।
‘त्यो हिंसात्मक आन्दोलनका कथित कमाण्डर दुर्गा प्रसाइँ भए पनि पर्दा पछाडि ज्ञानेन्द्र शाह छन्,’ उनले भनिन्, ‘अपराध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ। संविधानमाथि कोही छैन। ज्ञानेन्द्र र दुर्गा प्रसाइँलाई सरकारले तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याओस्।’
सांसद् रेखाले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
सम्बन्धित












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया