सोमबार, वैशाख १४, २०८३

बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान

मेरोन्यूज २०८१ चैत १८ गते १२:२४

गाजा । बेरुत आक्रमण लेबनान विरुद्ध इजरायली मनसायको ‘खतरनाक चेतावनी’ भएको लेबनानका राष्ट्रपति जोसेफ आऊनले जनाएका छन् ।

Advertisement
NiccNicc

बेरुतको दक्षिणी उपनगरहरूमा इजरायलले गरेको आक्रमणको निन्दा गर्दै आफ्ना अन्तर्राष्ट्रिय सहयोगीलाई देशको पूर्ण सार्वभौमसत्ता को अधिकारलाई समर्थन गर्न आग्रहसमेत गरेका छन्।

‘इजरायलको आक्रामकतामा दृढताका लागि विश्वभरि लेबनानका साथीहरूलाई सम्बोधन गर्न र हाम्रो भूमिमा पूर्ण सार्वभौमसत्ताको हाम्रो अधिकारको समर्थनमा उनीहरूलाई समर्थन गर्न हामीबाट थप प्रयासको आवश्यकता छ,’ एउनले एक विज्ञप्तिमा भने।

उनले इजरायली हमलालाई लेबनान विरुद्धको आशयको खतरनाक चेतावनीको रूपमा अर्थ्याएका छन् ।
 

प्रतिक्रिया