आइतबार, वैशाख १३, २०८३

एलिस वाल्टन बनिन् विश्वकै धनी महिला, जान्नुहोस् उनको धन र शौक

मेरोन्यूज २०८१ चैत २० गते ८:१८

काठमाडौं। संसारमा प्राय धनी पुरुषको चर्चा हुन्छ तर के तपाईलाई थाहा छ, सबैभन्दा धनी महिला को हुन् ?

Advertisement
NiccNicc

हुरुन ग्लोबल रिच लिस्ट २०२५ अनुसार एलिस वाल्टन विश्वकै धनी महिला बनेकी छिन् । उनीसँग १०२ बिलियन अमेरिकी डलरको सम्पत्ति छ। यो थाहा पाए पछि जो कोही अचम्ममा पर्नेछन् ।

एलिस वाल्टन विश्वको सबैभन्दा ठूलो रिटेल कम्पनी वालमार्टका संस्थापक साम वाल्टनकी छोरी हुन्। चाखलाग्दो कुरा के छ भने उनले वाल मार्टमा प्रमुख भूमिका खेलेकी छैनन्। बरु, उनी आफ्नो व्यक्तिगत काम र शौकहरूमा फोकस गर्ने गर्छिन्।

एलिस वाल्टनलाई कला र घोडा संरक्षणको काम रै मनपर्छ। केवल १० वर्षको उमेरमा उनले २ अमेरिकन डलरमा मा पिकासोको चित्रको प्रतिलिपि किनेका थिइन, आज उनी एन्डी वारहोल, नर्मन रकवेल र जर्जिया ओ कीफेजस्ता प्रसिद्ध कलाकारहरूका चित्रहरूको संकलन रहेको छ । उनको कला संग्रह नै ५०० मिलियन भन्दा बढी मूल्यवान छ।

कलाप्रतिको उनको प्रेम पछ्याउँदै उनले २०११ मा अर्कान्सास, संयुक्त राज्य अमेरिकामा क्रिस्टल ब्रिज म्युजियम अफ अमेरिकन आर्ट खोलेकी छिन्। यो संग्रहालय अमेरिकी कला र संस्कृतिलाई प्रवर्द्धन गर्न निर्माण गरिएको हो।

एलिस वाल्टनलाई कलामा मात्रै होइन, राजनीतिमा पनि उत्तिकै रुचि राख्छिन । सन २०१६ मा उनले हिलारी क्लिन्टनको चुनावी अभियानमा ३.५ लाख अमेरिकी डलर दानसमेत गरेर थप चर्चामा आएकी थिइन ।
 

प्रतिक्रिया